
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जगुवार स्पोर्टस् क्लबलाई ४० रनले पराजित गर्दै रोयल स्पोर्टस् फाइनलमा पुगेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।
जवाफमा १६२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको जगुवारले १६.३ ओभरमा सबै विकेट गुमाएर १२१ रनमात्र बनाउन सक्यो ।
विहीबार (भोलि) नेपाल टाइगर क्लब र युनाइटेड भिजनबीच हुने सेमिफाइनल खेलको विजेतासँग शनिबार रोयल स्पोर्टस् क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्