Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


१७ वर्षीया किशोरी हत्याको छानबिनमा अब सीआइबी


0
Shares

गत माघ २६ गते छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔंसी जंगलमा वीभत्स हत्या गरिएको अवस्थामा फेलापरेकी किशोरीको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सीआइबीको टोली मगाएको हो ।

अहिलेसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएकाले सीआइबीको टोली पठाइदिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।

घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले किशोरीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएपछि मानवअधिकार आयोगको टोलीलेसमेत स्थलगत अनुसन्धान थालेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा माघ २७ गते पाँचजना स्थानीयवासीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

जिल्लास्थित अन्तरपार्टी महिला सञ्जाल तथा महिला अधिकारकर्मीले अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीकोसमेत मिलेमतो रहेको आरोप लगाएका छन् । रासस