१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपालविरुद्ध खेल्न केन्याको क्रिकेट टोली काठमाडौं आउँदै


0
Shares

च्यम्पियनसिपअन्तर्गत् आगामी शनिबार र सोमबार नेपालसँग दुईओटा एकदिवसीय खेल खेल्न केन्याको टोली विहीबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

नेपालसँगको खेलका लागि अभ्यासकाक्रममा भारतमा रहेको केन्या त्यहीँबाट काठमाडौं आउन लागेको हो ।

८ राष्ट्र सहभागी प्रतियोगितामा ८ खेल खेल्दै ४ मा जित र ४ मा हार व्यहोरेको केन्या ८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । समान खेल खेलेको नेपाल अंकतालिकामा ६ अंकसहित छैटौं स्थानमा छ ।

प्रतियोगिताको शीर्ष चार स्थानमा अटाउने टोलीले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउनेछन् ।

नेपाल र केन्या दुबै टोलीलाइ अंकतालिकाको शीर्ष चार स्थानमा अटाउन खेल जित्नैपर्ने दबाब छ ।