
सप्तरी घटनापछि रोकिएको अभियान शुक्रबारदेखि सुरुआत गरिएको हो ।
हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्चनपुरमा भारतीय सुरक्षाकर्मीले गरेको गोली प्रहार निन्दनीय रहेको भन्दै त्यसमा सरकारले तुरुन्त प्रतिक्रिया दिनुपर्ने बताए ।
उनले सप्तरी घटनाका सम्बन्धमा पनि सरकारले कुरा चपाइरहेको आरोप लगााए ।
सभामा एमाले महासचिव ईश्वर पोखरेलले पनि सम्बोधन गरेका थिए ।
एमालेको मेची–महाकाली अभियानको र्याली शनिबार हेटौंडाबाट सुरु भएर चितवन हुँदै नवलपरासी पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्