
२५ वर्षदेखि फिनल्याण्डमा बसोबास गर्दै आएकी ताम्राकार ‘स्विडिश पिपुल्स पार्टी’ सँग सम्बन्धित छन् । करीब १ हजार नेपालीको बसोबास रहेको हेलसिन्की क्षेत्रबाट उनको उम्मेदवारी परेको छ ।
ताम्राकारले नेपाल र फिनल्याण्डका विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रमा काम गरेकी छन् । उनी वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारकी छोरी हुन् ।
जुनसुकै भिषामा स्थायी रुपमा लगातार दुई वर्ष बसोबास गरेको व्यक्तिले फिनिश स्थानीय निर्वाचनमा मतदान गर्न पाउँछन् । फिनल्याण्डमा प्रत्येक चार÷चार वर्षमा स्थानीय निर्वाचन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्