१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


होलीमा प्रहरीले बढायो सतर्कता, जबरजस्ती गर्नेलाई सार्बजनिक मुद्दा


0
Shares

सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै काठमाडौंमा उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

काठमाडौं उपत्यकामा मात्र होलीका लागि थप तीन हजार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।

उपत्यकाका करिब ४ सय ठाउँमा सुरक्षा जाँचको व्यवस्था गरिएको छ । सुरक्षा जाँचमा बर्दिधारी प्रहरी र ट्राफिक प्रहरी सहभागी भएका छन् ।

त्यसैगरी ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

होलीमा जबरजस्ती गरे तत्काल प्रहरीको हटलाइनमा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ । होलीका दिन दिउँसै मापसे चेकिङसमेत भइरहेको छ ।

मादक पदार्थ सेवन गरी जथाभावी सवारी साधन गुडाउनेहरुमाथि निगरानी बढाउँदै चेकिङमा कडाई गरिएको प्रहरीले जनाएको छ ।

होलीमा जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाई दिनेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

सार्वजनिक मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर, यस पटक प्रहरीले २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।