२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा जोड


0
Shares

सार्वजनिक, निजी साझेदारी नीतिसम्बन्धी मंगलबार राजधानीमा भएको कार्यशालामा योजना आयोगले सार्वजनिक र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकास सम्भव भएको जनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सार्वजनिक–निजी साझेदारी ऐन आवश्यक रहेको भन्दै ऐन निर्माणपछि मात्र यसबारेको अवधारणा प्रष्ट हुने बताए ।

अर्थ मन्त्रालयका सहसहचिव लक्ष्मण अर्यालले दिगो विकासका लागि राष्ट्रिय कार्यसूची आवश्यक रहेकोमा जोड दिए । उच्च आर्थिक वृद्धि दर हासिल गर्न सार्वजनिक–नीजि साझेदारी आवश्यक रहेको भन्दै उनले चाँडै ऐन ल्याउने गरी गृहकार्य भइरहेको बताए ।