३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


हत्कडीसहित भागेको २६ वर्षपछि फुर्पालाई सीआइबीले समात्यो


0
Shares

नुवाकोट, घ्याङफेदी घर भइ काठमाडौंको बौद्धमा बस्दै आएका ४९ वर्षीय फुर्पा लामालाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले बौद्धबाटै पक्राउ गरेको हो ।

मानव बेचबिखन मुद्दामा उनलाई अदालतले ७ वर्ष कैद सजाय सुनाएको थियो ।

२०४७ साल असार ८ गते नुवाकोटको खरानीटारबाट लामा हत्कडीसहित भागेको प्रहरी जनाएको छ ।

लामालाई भगाउन सहयोगी बनेको भन्दै सातजना प्रहरीलाई विभागीय कारबाही गरिसकेकोसमेत प्रहरीले जनाएको छ ।