२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्ट्याचुु अफ लिबर्टीमा महिला चढेपछि हंगामा


0
Shares

काठमाडौं, असार २१ । अमेरिकाको न्यूयोर्कस्थित स्ट्याचुु अफ लिबर्टीमा एक महिला चढेपछि न्यूयोर्क सहरको सवारी आवागमन केही घन्टा अवरुद्ध बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रावासन नीतिको विरोध गर्दै प्रदर्शन भइरहेका बेला बुधबार ती महिला स्ट्याचुमाथि चढेको जनाइएको छ ।

उनलाई सो स्थानबाट ओराल्न सुरक्षाकर्मीलाई तीन घन्टा लागेको थियो । नओर्लने अड्डी लिएकी उनलाई डोरीको सहायताले तल झारिएको थियो ।

आप्रावासीको पक्षमा प्रदर्शन गर्ने ‘राइज एन्ड रेसिस्ट’ नामक समूहमा भने ती महिला आवद्ध नभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । (एजेन्सी)