२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भाउजूद्वारा देवरको हत्या, दुवैबीच यौन सम्बन्ध रहँदै आएको खुलासा


0
Shares

‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि रिताले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया रिता र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार राति रिता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताए ।
यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो ।

‘झगडा बढ्दै गएपछि रिताले टेकबहादुरलाई घरमै बोलाइ दुवैजना मिलेर विनोदको हत्या गरेको पाइएको छ,’ खापुङले भने ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रिताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो ।

शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रिताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रिताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

रिताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् । टेकबहादुरकी श्रीमती समेत मलेसियामै रहेकी छन् । (रासस)