२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


ओबामाले फ्रान्समा एक महिना विताउने


0
Shares

स्थानीय तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गरेका छन् ।

उनी आफ्नो परिवारबिना नै पर्यटकिय टापु तहीतीमा उत्रिएका थिए । ओबामा वातावरणमैत्री ब्राण्डो रिसोर्टमा बसेका छन् । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३ सय युरो रहेको छ ।

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताएका छन् । उनले किन यस्तो एक महिने योजना बनाए भन्ने अझै स्पष्ट हुनसकेको छैन । साथै उनको परिवारका सदस्यहरु पछि उनीसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन हुन सकेको छैन् ।

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १ सय भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो । रासस÷एएफपी