
नेपालगन्ज रंगशालामा विहीबार भएको फाइनल खेलमा रुपन्देहीले संकटालाई ‘सडेनडेथ’मा ७–६ ले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै रुपन्देहीले ५ लाख रुपैयाँ र उपविजेता संकटा क्लबले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
खेलको ६५औं मिनेटमा संकटाले पाएको पेनाल्टीमार्फत् अग्रता बनाएको थियो । संकटाका अनिल गुरुङले पेनाल्टीमा गोल गरेका थिए ।
तर, खेल सकिनु एक मिनेटअघि रुपन्देहीका शिव सुवेदीले गोल गर्दै खेललाई एक–एकको बराबरीमा ल्याएपछि खेल ‘टाइब्रेकर’मा पुगेको थियो ।
टाइब्रेकरमा दुबै टिमबाट ४—४ गोल भएपछि सडनडेथबाट खेलको नतिजा निस्किएको हो ।
गत फागुन २६ गतेदेखि बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनसहितका ८ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्