Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


राष्ट्रपति कार्यालयमा ९ ओटा कुकुर छाडिए


0
Shares

गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले चार वर्ष अगाडि आफ्नो साथीले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाडेकी हुन्।

स्थानीय एक समाचारपत्रले शुक्रबार (आज) लेखेअनुसार उनलाई राष्ट्रपति कार्यालय प्रवेश गर्ने बेलामा उनको छिमेकीले उपहार स्वरुप सन् २०१३ को फेबु्रअरी २५ मा दुई ओटा शिकारी कुकुर दिएका थिए ।

सोलको दक्षिणी जिल्लामा रहेको पार्कको निजी निवासका छिमेकीले उनलाई कुकुर उपहार दिएका थिए ।

पार्कको राजनीतिक आधार क्षेत्र मानिने दक्षिणपूर्वी ग्येङसानङ प्रदेशबाट ती कुकुर ल्याइएका थिए । ती कुकुर विशुद्ध उपहार मात्रै नभई पार्ककै आग्रहमा ल्याइएको थियो ।

उपहार दिनेले उनलाई दुई ओटा मात्रै कुकुर दिएकोमा सात ओटा केहीदिन अघि मात्रै राष्ट्रपति कार्यालयमै जन्मिएका थिए । तिनीहरु सबैलाई पार्कले राष्ट्रपति कार्यालयको पछिल्लो भागमा छाडेकी छिन् ।

संवैधानिक अदालतले महाअभियोगको फैसला गरेको दुइदिनमा उनले राष्ट्रपति कार्यालय खाली गरेकी थिएन् । उनी महाअभियोग लगाएर अपदस्त हुने दक्षिण कोरियाको पहिलो राष्ट्रपति बनेकी छिन् ।

जनावर अधिकारवादीको एउटा समुहले पार्कले कुकुरलाई त्यहाँ छाडेर कुकुरप्रति हिंसा र जनावरको रक्षाको कानूनलाई उलङ्घन गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ । उनीबाट कानुनको उलङघन भएको छ की छैन भन्ने कुराको स्पष्ट भइसकेको छैन । रासस/सिन्ह्वा