
कोषको २७औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले लगानी विविधिकरण गरी ठूला आयोजनाहरुका लागि पुँजीको सुनिश्चितता गर्ने दिशामा अघि बढ्न कोषलाई आग्रह गरे ।
उनले मुलुकको आर्थिक विकासका लागि सर्वसाधारणमा बचत प्रोत्साहित गरी पुँजीबृद्धि गर्नुका साथै लगानीका अवसर बढाउन र पुँजीबजारको विकासमा गतिशीलता ल्याउन कोषले खेल्दै आएको भूमिकाको प्रशंसा पनि गरे ।
साथै, कोषको सेवालाई थप प्रभावकारी र गुणस्तरीय तुल्याउन अझ पहल गर्नुपर्नेमा पनि उनले जोड दिए ।
कोषका कार्यकारी निर्देशक रामकृष्ण पोख्रेलले कोषको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए ।
उनले कोषले लगानी विविधिकरण गर्न आफ्नो रणनीतिक योजना बनाइ लागू गर्ने कार्य अगाडि बढाएको पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्