२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि लगाए ओबामामाथि आरोप


0
Shares

फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए ।

ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोन निगरानी गरेको खुलेपछि मर्केलले कडा आपत्ति जनाएकी थिइन् ।

ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्रेट सिनेटर तथा नेताले विश्वास नगरे पनि ट्रम्पले भने आरोप लगाउन छाडेका छैनन् ।

ट्रम्प र मर्केलबीच नेटो र व्यापार बिस्तारसहितका अरु विषयमा पनि छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)