२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पशुमा लाग्ने खोरेत रोगको प्रकोपले धनकुटाका पशुपालक कृषक चिन्तित


0
Shares

धनकुटाको पाख्रिवास नगरपालिका र लेगुवामा सो रोग एक हप्तायता एक सयभन्दा बढी कृषकले पालेका पशुमा प्रकोपकै रुपमा देखिएको हो ।

बाख्रा, गाई, भैँसीलगायतका जनावरमा देखिने यो रोग लागेपछि पशुमा ज्वरो आउने, नाक, मुख, जिब्रोमा घाउ आउनेजस्ता लक्षण देखिन्छ भने समयमै उपचार नपाउँदा मृत्यु नै हुने गरेको छ ।

पशु चिकित्सक नभएकाले क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरबाट चिकित्सक र भ्याक्सिन झिकाई उपचार थालिएको पशुविकास अधिकृत शुकराज लिम्बुले जानकारी दिए ।

र्‍याल हावापानीको माध्यमबाट सर्ने यो रोगबाट सचेत रहन कार्यालयले कृषकहरुलाई आग्रहसमेत गरेको छ ।