
यो साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको एक अर्ब ७९ करोड रुपैयाँ बराबरका ३८ लाख ५३ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका छन् ।
गत साता १५६ कम्पनीहरुको दुई अर्ब ३० करोड बराबरका ४५ लाख ७६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा २२ प्रतिशत कम रहेको नेप्सेले जनाएको छ ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.११ अंकले बढेर अन्तिम दिन १३५७.३४ अंकमा पुगेको छ ।
समूहगत परिसूचकअन्तर्गत् यो हप्ता बीमा समूह सबैभन्दा उच्च ६४ अंकले उकालो लाग्यो भने होटल समूह सबैभन्दा उच्च १९ अंकले झर्यो ।
यो साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रह्यो । इन्भेष्टमेन्ट बैंकलाई नेपाल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, ग्लोबल आइएमई बैंक अनि एसियन लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।
यो साता कृषि विकास बैंकको हकप्रद र चिलिमे जलविद्युत्, हाम्रो विकास बैंक अनि कन्ट्री डेभलपमेन्ट बैंकका बोनस सेयर सूचीकृत भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्