
चिलिमे जलविद्युत् केन्द्रका अनुसार उत्तरगया गाउँपालिकाअन्तर्गत लहरेपौवाको सिम्लेमा दिउँसो प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि २२ मेगावाट क्षमताको जलविद्युत् केन्द्र बन्द भएको हो ।
विद्युत्गृह बन्द भएपछि रसुवा जिल्ला अन्धकारमय भएको छ । प्रसारणलाइन मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणबाट थप जनशक्ति खटाइसकेको र छिटोभन्दा छिटो विद्युत्गृह सञ्चालन गर्न प्राविधिकले काम गरिरहेका सो जलविद्युत् केन्द्रले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्