
राँचीमा जारी खेलमा अप्रत्याशित ब्याटिङ प्रदर्शन गर्नेक्रममा अष्ट्रेलियाले बनाएको ४५१ रन पछ्याएको भारतले ९ विकेटको क्षतिमा ६०३ रन बनाएर इनिङ समाप्ती गर्यो ।
अष्ट्रेलियाली कप्तान स्टेभेन स्मिथको अविजित १७८ रन छायाँमा पार्ने गरी भारतका चेतेश्वर पुजाराले २०२ रन बनाए ।
त्यस्तै, पुजारासँग पाँचौं विकेटका लागि १९९ रनको साझेदारी गर्नेक्रममा ऋद्धिमन शाहाले ११७ रन जोडे ।
पहिलो इनिङमा १५२ रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङमा खराब सुरुआत गर्नेक्रममा आइतबार चौथो दिनको समाप्तीसम्म २ विकेटको क्षतिमा २३ रन जोडेको छ । अष्ट्रेलिया अझै १२९ रनले पछाडि छ ।
चार खेलको शृंखलामा दुबै टिमले एक–एक खेल जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्