२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


संसारकै सबैभन्दा स्वस्थ्य मुटु भएको मानव समुदाय भेटियो (फोटोफिचर)


0
Shares

अध्ययनकर्ताहरुले ‘बीबीसी वर्ल्ड’लाई बताएअनुसार बोलिभियाको जंगलमा बस्ने सिमेनमुलका जातिहरुमा बुढो उमेरमा पनि संसारकै सबैभन्दा स्वस्थ्य मुटु रहेको छ ।

उनीहरुले त्यहाँका मानिसहरु अचम्मको भएको र उनीहरुको खाने–बस्ने जीवनशैली नै सामान्य मानिसकोभन्दा फरक रहेको बताएका छन् ।

ती मानिसहरुले जंगल छेउछाउमा सामान्य खेती र सिकार गरेर आफ्नो जीविका चलाइरहेका छन् र बाँकी फुर्सदको समयमा आफ्नो समुदायमाझ भलाकुसारी गरेर बिताउँछन् ।

बीबीसीका संवाददाताहरुले उनीहरु बाँकी विश्वका लागि उत्कृष्ट पाठ भएको बताएका छन् ।

उक्त क्षेत्रमा करिब १६ हजार सिमेनहरु बसोबास गर्छन् । उनीहरुले बोलिभियनको तल्लो क्षेत्रको मनिक्यु नदीमा माछाको सिकार गर्दछन् । उनीहरुको जीवनशैली हजारौं वर्ष पहिलेको मानवसभ्यता जस्तो छ ।

वैज्ञानिक र चिकित्सकहरुको टोलीले डुंगामार्फत् त्यस क्षेत्रको यात्रा गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

चिकित्सकहरुले उनीहरुले खानामा १७ प्रतिशत जंगली सुंगुर र मुसाको मासु, ७ प्रतिशत पिरन्हा र क्याटफिस जातको माछा खाने गरेको बताएका छन् ।

त्यस्तै, केहि मात्रामा धान, मकै, सखरखन्ड र केराजस्तै देखिने फल खाने गर्दछन् ।

चिकित्सकहरुले उनीहरुले खाने खानामा दैनिक ७२ प्रतिशत क्यालोरी कार्बोहाइड्रेटयुक्त खानाबाट प्राप्त गर्ने बताएका छन् । जुन सामान्य मानिसले ५२ प्रतिशतमात्र प्राप्त गर्दछन् ।

उनीहरु दैनिक पुरुषले करिब १७ हजार र महिलाले १६ हजार पाइला हिँड्छन । ६० वर्ष उमेर कटेका सिमेन पनि दैनिक १५ हजार पाइला हिँड्ने वैज्ञानिकहरुले बताएका छन् ।

भम्रणमा सहभागी लंग विच मेमोरियल मेडिकल सेन्टर क्यालिफोर्नियाका डा.ग्रेगोरी थोमसले उनीहरुले दैनिक हिँडाइबाट प्रशस्त शक्ति प्राप्त गर्ने गरेको बताए ।

वैज्ञानिकहरुले ७०५ जना सिमेनहरुको मुटु र पूरा शरीरको सीटी स्क्यान गरेका थिए । जसमा मुटुको कोरोनरी आर्टरी धमनी र स–साना रगत बग्ने नसाकोसमेत अध्ययन गरेका थिए । जसले हृदयघातको सम्भावना बढाउँछ ।

तर, उनीहरुको मुटुले गर्ने काम अमेरिकीहरुको मुटुले जम्मा २५ प्रतिशतमात्र गर्नसक्ने उल्लेख गरेका छन् ।

चिकित्सकहरुले उनीहरु युवा अवस्थामै अस्वस्थ्य भएर मर्ने सम्भावना नदेखिएको बताएका छन् ।

क्यालिफोर्निया विश्वविद्यालयका मानवशास्त्री प्रा.मिचेल गुरभेनले अन्य मानिसको तुलनामा उनीहरुको संख्या निकै कम भएको बताइन् । उनकाअनुसार यस्तो शारीरिक बनावट जापानको एक महिलामा देखिएको थियो ।

त्यस्तै, उनीहरु धूमपान निकै कम गर्छन् । उनीहरुलाई शरीर सुन्निने तथा अन्य संक्रमणजन्य रोगहरुको खतरा रहेकोे तर ती खतरा उनीहरुको मुटुले सजिलै परास्त गर्नसक्छ ।

प्रा.गुरभेनले शरीरको लागि दैनिक शारीरिक अभ्यास महत्वपूर्ण हुने र वातानुकूलित शारीरिक स्फूर्ती बढाउने भएकोले सबैले शारीरिक अभ्यासमा ध्यान दिनुपर्ने बताएकी छन् ।

त्यस्तै, डा थोमसले खानाभन्दा शारीरिक अभ्यासबाट शरीरलाई धेरै शक्ति प्राप्त हुने भएकोले सिमेनहरुको मुटु स्वस्थ भएको बताए ।

एसेसेक्स विश्वविद्यालय क्लिनिकल कार्डियोलोजी विभागका मुटुरोग विहेषज्ञ डा. गभिन स्यान्डरकक्ले यस अध्ययनले नयाँ तथ्य फेलापरेको बताए ।

उनले भने–‘सिमेनहरुले ७२ प्रतिशत शक्ति कार्बोहाइड्रेटयुक्त खानाबाट प्राप्त गर्छन् । यस तथ्यले नसा तथा मुटुरोग विशेषज्ञहरुले कार्बोहाइड्रेटयुक्त खानाबाट मुटुलाई जोखिम हुन्छ भन्ने धारणा गलत भएको छ ।’ (एजेन्सी)