Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


आरन व्यवसायबाट मासिक २५ हजार आम्दानी


0
Shares

तामा र फलामका सामग्रीलाई कुँदेर आकर्षक रुपमा विभिन्न सामग्री बनाएर उनले मासिक रु २५ हजारसम्म आम्दानी गर्छन् । तामाबाट गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी तथा फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायत सामग्री बनाएका छन् ।

उनी भन्छन्, ‘हातमा सीप भएपछि जीवन धान्न समस्या छैन, आफूले जानेदेखि नै आरन व्यवसाय चलाइरहेको छु ।’ हातले कुँदेर बनाइएका कोदालो, बन्चरो रु ६०० देखि रु एक हजार, हँसिया रु एक सयदेखि रु ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताए । दिनमा कम्तीमा पनि पाँच जनासम्म ग्राहक आउँछन् । तामाको माग हिजोआज कम भएका कारण फलामका विभिन्न सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ ।

यस्तै रामपुर मटेरीका ५८ वर्षीय लालबहादुर विकको जीवन जिउने आधार पनि आरन व्यवसाय नै हो । उनले झन्डै ४८ वर्षदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका छन् । सो व्यवसायबाट उनी खुसी छन् । उनले हातले कुँदेर तामाको गाग्री, ताउलो, तमाउरो, आम्खोरा, आरीलगायत सामग्री निर्माण गर्दैआएका छन् । तामाका सामग्री प्रतिकिलो रु एक हजार ८०० मा बिक्री गर्दै आएका छन् । ज्यालादारीमा भने प्रतिकिलो रु एक हजार २०० मा तामाका सामग्री निर्माण गर्छन् ।

यही व्यवसायबाट विकले पाँचजना छोराछोरीको पढाइ खर्च जुटाउँदै आएका छन् । उनी भन्छन्, ‘आरन व्यवसाय नै जीवनको आधार हो ।’ विकले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गरिरहेका छन् ।

रामपुर नगरपालिका क्षेत्रमा इन्द्रबहादुर र लालबहादुर जस्तै हाल १५ जनाको हाराहारीमा आरन व्यवसायी रहेका छन् । करिब १० वर्ष अगाडी यस क्षेत्रमा ५० जनाभन्दा बढीको हाराहारीमा आरन व्यवसायी रहेकामा पछिल्लो समयमा युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा पेसा नै लोप हुँदै गएको छ ।

प्लास्टिक र स्टिलका सामग्री सस्तो मूल्यमा सहरदेखि गाउँगाउँमा उपलब्ध हुन थालेपछि आरन व्यवसाय धरापमा परेको हो । युवापुस्ताको बढ्दो विदेश पलायनको मोह, सीप हस्तान्तरण नहुनुजस्ता कारणले परम्परागत आरन व्यवसाय विस्थापित हुँदै छ । (रासस)