२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


देशभर मौसम बदलीः विभिन्न ठाउँमा वर्षा र हिमपात


0
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली भई वर्षा र हिमपात भईरहेको छ ।

काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने क्रम चलिरहने मौुमविद् प्रतिभा मान्नधरले बताए ।

पश्चिमी न्यूनचापीय प्रणाली तथा अरब सागरबाट आएको दक्षिण–पश्चिमी वायुको प्रभावले मौसम बदली भएको मौसमविद् मान्नधरको भनाई छ ।

पश्चिम, मध्य र पूर्विभागका उच्च स्थानमा हिमपात भईरहेको छ भने मध्य, पश्चिम र पूर्वी भागको मौसम विहीबार बेलुकी सम्ममा सुधार आउने मौसमविद् मान्नधरले बताए ।

सामान्यतः हिउँदमा कम पानी पर्ने भएपनि यस पटक औसत भन्दा बढी पानी परेको मौसमविद् मान्नधरले बताए ।

मार्चदेखि प्री मनसुन सुरुहुने भएकोले यही अनुपातमा पानी परे प्रीमनसुन र मनसुनमा धेरे पानी पर्नसक्ने मान्नधरको भनाई छ ।

उनका अनुसार बिहीवारबाट मौसममा सुधार आउने छ ।