Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


थारु बस्तीको ‘माघी होम स्टे’ पर्यटकको रोजाइमा


0
Shares

घोडाघोडी नगरपालिका वडा नं. १० माघी गाउँका स्थानीय थारु समुदायले सुरु गरेको होम स्टे व्यवसाय यतिबेला पर्यटकको पखाईमा छ ।

थारु बस्तीमा रहेको माघी होम स्टेमा पाहुनाका लागि भनेर १४ ओटा घरमा होम स्टे निर्माण गरिएको छ ।

घोडाघोडी सिमसार क्षेत्र अवलोकल गर्न आउने पर्यटकलाई लक्षित गरेर थारु समुदायले होम स्टे व्यवसाय सुरु गरेका हुन् ।

पूर्व–पश्चिम राजमार्गको घोडाघोडीबाट चार किलोमिटर उत्तरतर्फ रहेको माघी गाउँका अरु आकर्षणमा चर्चित सीता कुण्ड, विश्वमै दुर्लभ रुपमा पाईने चरा, स्थानीयले सिंचाईका लागि निर्माण गरेको टेङ्गना बाँध लगायत रहेको माघी गाउँ होम स्टे संचालक समितिका अध्यक्ष शोभाराम चौधरीले बताए ।

चौधरीले पाहुनाका लागि स्थानीय खानाका परिकारका साथै मनोरञ्जन दिन थारु नाचको व्यवस्था गरिएको छ ।

माघी गाउँ भएर बग्ने सानो खोला, चराहरुको चिरिबिरी आजावले घुम्न आउने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन् ।

थारु समुदायको लोप हुन लागेको सखिया नाच र मुंग्रहवा नाचलाई कलेज पढ्दै गरेका युवायुवतीले साथ दिई रहेका छन् ।

Skip This