२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कालीगण्डकी करिडोर निर्माणले र्‍याफ्टिङ प्रभावित


0
Shares

करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुंगा, माटो नदीमा खस्ने क्रम नरोकिँदा र्‍याफ्टिङ प्रभावित बनेको हो ।

नदीमाथिको बाग्लुङ क्षेत्रबाट करिडोर निर्माण भइरहेको छ । करिडोर निर्माणका क्रममा नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान फुटाउँदा नदीकोबीच भागसम्म नै ढुङ्गा पुग्ने गर्दछ ।

यसरी ढुङ्गा आएपछि नदीमा र्‍याफ्टिङ गर्न जोखिम भएको नेपाल र्‍याफ्टिङ एसोसिएन एजेन्सी पश्चिमाञ्चलका अध्यक्ष मीनबहादुर मगरले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका–१ नयाँ पुलबाट शुरु हुने र्‍याफ्टिङ कालीगण्डकी नदीको मोदीवेणी खण्डसम्म सन्चालन हुँदै आएको छ ।

तर मोदीवेणीदेखि पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीसम्मको भागमा करिडोर निर्माणको कारण र्‍याफ्टिङ जोखिम बनेको हो ।