Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


दाहालद्वारा स्मृतिपार्क शिलान्यास


0
Shares

गोरखा, फागुन १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गोरखास्थित गाउँमा बन्न लागेको स्मृतिपार्कको मंगलबार शिलान्यास गरेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका–८, जराङस्थित रम्तेलको घर भएको ठाउँमा सभाहलसहितको पार्क बनाउन लागिएको हो ।

स्थानीय व्रह्मचारिणी निमाविमा कक्षा–४ मा पढ्दै गरेका रम्तेलको २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।