Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


निवृत्तिभरण कोष विधेयक पारित


0
Shares

काठमाडौं, फागुन १४ । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

यस्तै, बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव र अर्थमन्त्री डा. खतिवडाले ‘लेखापरीक्षण विधेयक २०७५’ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन समितिको प्रतिवेदनसहित निवृत्तिभरण कोष विधेयक, २०७५’ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।

त्यसअघि, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरेका थिए ।

राष्ट्रियसभाको बैठक मंगलबारै पुनः बस्ने गरी स्थगन भएको छ । रासस