
अमेरिका, बेलायत, फ्रान्सलगायत ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले बोलाएको बैठक बहिष्कार गरेका हुन् ।
तर, अरु १ सय २० भन्दा धेरै देश भने प्रस्तावको पक्षमा छन् । गत अक्टोबरमा राष्ट्रसंघको एक सम्मेलनमा परमाणु हतियारमा कानुनी रोक लगाउने सन्धिमा वार्ता गर्ने घोषणा गरिएको थियो ।
चीन, भारत र पाकिस्तानले समेत वार्ताको विपक्षमा मतदान गरेका थिए । त्यस्तै सन् १९४५ मा आणविक आक्रमण झेलेको एक मात्र देश जापानले समेत वार्ताको विरुद्धमा मतदान गरेको थियो ।
यसैबीच राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले परमाणु हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउनु यथार्थपरक कदम नभएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सुरक्षाका लागि परमाणु हतियार आवश्यक रहेको राजदुत हेलीको भनाई छ ।
सबैले परमाणु हतियार विहीन विश्वको चाहना गर्ने भए पनि उत्तर कोरिया जस्ता देशका कारण यो सम्भव र यथार्थपरक नरहेको उनको दाबी छ ।
उत्तर कोरियाले पछिल्लो समय लगातार विभिन्न क्षमता परमाणु हतियार तथा मिसाइल परिक्षण गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्