काठमाडौं, असार ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच शुक्रबार ‘भिडियो कन्फरेन्स’ भएको छ ।
भिडियो कन्फरेन्समा बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचारविरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
नेकपा नेताहरुले पार्टी कार्यालय धुम्बाराहीबाट कन्फरेन्समा सहभागिता जनाएका थिए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका नेताहरू सहभागी भएका थिए ।
त्यस्तै, सीपीसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्