Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


ओली सरकार मुलक सञ्चालन गर्न असक्षम : कोइराला


0
Shares

काठमाडौं, असार ५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ओली सरकार मुलक सञ्चालन गर्न असक्षम भएको आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी कांग्रेस प्रवेश गर्ने एक दर्जन ब्यक्तिहरुलाई कांग्रेस प्रवेश गराउदै उनले कम्युनिष्टहरु मुलुक सञ्चालन गर्न असक्षम भएको आरोप लगाए ।
ओली सरकारको काम भन्दा उखान बढी भएको भन्दै उनले जनता कोरोनाबाट संक्रमित हुँदासमेत उखान टुक्कामा रमाउने गरेको बताए ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, गगन थापालगायतले ओली सरकार इतिहासकै भ्रष्ट सरकार भएको आरोप लगाए ।
विश्वका ८ हजार मिटर भन्दा माथिका सबै हिमाल अरोहण गर्ने कीर्तिमानी आरोहि मिङ्मा शेर्पा, पासाङ तेन्जी शेर्पा, लाक्पा शेर्पालगायतलाई महामन्त्री कोइरालाले अवीरलगाएर पार्टी प्रवेश गराएका थिए ।