
सिन्धुली, फागुन १३ । सिन्धुलीको कमलाखोंच क्षेत्रको रानीवास र निपानेको चुरे पहाड क्षेत्रका बासिन्दालाई जंगली हात्तीले आतंकित पार्न थालेका छन् ।
केही महिनाअघि जंगली हात्ती धपाइएको भए पनि पुनः फर्किएर आएपछि स्थानीय आतंकित भएका हुन् । रानीबास र निपानेका बासिन्दाले जंगली हात्ती धपाउन सामूहिक गस्ती गर्दै आए पनि नियन्त्रण हुन सकेको छैन ।
धनुषाको सिमा क्षेत्र चुरे पहाड जंगलमा बस्दै आएका जंगली हात्तीले रानीबास र निपानेका किसानले लगाएको बालीनाली नष्ट गर्दै आएका छन् । लामो समयदेखि कमलाखोंच क्षेत्रमा रहेका जंगली हात्ती नियन्त्रण गर्न स्थानीयले माग गर्दै आएका छन् । तर स्थानीय प्रशासन र डिभिजन वन कार्यालयले हात्ती नियन्त्रण गर्न प्रभावकारी काम गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्