
फिदिम, फागुन १३ । पाँचथरको फिदिम नगरपालिकामा रिङरोडको रुपमा अघि बढाइएको सडक स्तरोन्नति गरिएको छ ।
वडा नम्बर ११ स्थित नाँगनी नृतियादेखि १० नम्बर वडा खलंगटार जाने सडकको स्तरोन्नति गरिएको हो । फिदिम नगरपालिकाको २५ लाख रुपैयाँ लागत तथा स्थानीयको जनश्रमदानमा सडक स्तरोन्नति भइरहेको छ ।
नृतियादेखि खलंगटारसम्मको साढे ६ किलोमिटर सडकको चौडा ६ मिटरको फराकिलो बनाइएको सडक निर्माण समितिका अध्यक्ष लोकेन्द्र जवेगुले बताए ।
नगरले आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन गरेको २५ लाख रुपैयाँले ३ किलोमिटर सडकको स्तरोन्नति गरिएको र अब बाँकी २५ लाख रुपैयाँ खर्च लाग्ने वडाअध्यक्ष विरहाङमा थाम्सुहाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्