
काठमाडौं, फागुन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि कारबाही हुने बताएका छन् ।
आइतबार राष्ट्रियसभाअन्तर्गत्को दिगो विकास तथा सुशासन समितिमा उनले वरिष्ठ सहसचिवको नेतृत्वमा गठित तीन सदस्यीय समितिले घुस प्रकरणबारे गरिरहेको छानबिनको केही दिनमै सार्थक निश्कर्ष आउने बताए ।
प्रमुख आयुक्त घिमिरेले पाठकमाथि छानबिनका आधारमा कारबाही हुने स्पस्ट पारे ।
घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकमाथि महाअभियोग लगाउने तयारी भएपछि उनले राजीनामा दिएका थिए ।
पाठकमाथि नेपाल इन्जिनियरिङ कलेजको जग्गासम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको आरोप छ ।
‘वाइडबडी’ खरिदका विषयमा बयान लिने काम सुरु
दिगो विकास समितिकै बैठकमा अख्तियारका प्रमुख आयुक्त घिमिरेले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदका विषयमा अहिले विस्तृत् अनुसन्धान चलिरहेको र बयान लिने काम सुरु भएको जानकारी दिए ।
अख्तियारले नागरिकको प्रत्यक्ष सरोकार हुने कार्यालयहरुमा अनुगमन गर्न सेवाग्राहीकारुपमा टोली खटाएको भन्दै उनले एक दिन बिराएर ‘स्टिङ अपरेसन’ गर्दापनि घुस लेनदेन नघटेकाले अब सेवाग्राहीकैरुपमा टोली खटाएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्