
सेन्टपिर्टसबर्गको भूमिगत सेनाया मेट्रो रेलवे स्टेसन विस्फोटमा ११ जना मारिएका थिए भने ४५ जना घाइते भएका थिए ।
विस्फोट लगत्तै मेट्रो स्टेशन खाली गराइएको थियो । विस्फोटपछी रुसको अरु रेल वे स्टेशनमा पनि विस्फोटक उपकरणहरु फेला परेको रुसी अधिकारीहरुले जनाएका छन् ।
यसैबीच रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेबले विस्फोटलाई आतंकवादीको संज्ञा दिंदै घटनामा जिम्मेवारले कुनै हालतमा उन्मुक्ति नपाउने प्रतिक्रिया दिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटीन सेन्टपिटर्सबर्ग भ्रमणमा रहेकै बेला यो बिस्फोट गराइएको हो ।
घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्