२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


कोलम्बियामा संकटकाल घोषणा, पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ६२ पुग्यो


0
Shares

मोकोएमा गएको पहिरोमा परी मृत्यु भएका पहिलो व्यक्तिको अन्तिम संस्कार गरेलगतै राष्ट्रपति आन म्यानुएल सान्तोसले देशमा आर्थिक, समाजिक तथा पर्यावरणीय संकटकाल घोषणा गरेका हुन् ।

नेपाली समय अनुसार शनिबार बेलुका गएको पहिरोमा दुई सय ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

उनीहरुको सबैको सामूहिक श्रद्धाञ्जली सभा पनि गरिएको छ । पहिरोमा हराएकाको खोजी र राहतको काम चलिरहेको छ ।

चार सयभन्दा बढी मानिस घाइते भएको घटनामा दुई सयभन्दा धेरै अझै हराइरहेका छन् ।

घटनाको ७२ घण्टा बितिसकेकाले हराएकाको जीवितै उद्धार गर्ने सम्भावना टरेको रेडक्रसले जनाएको छ ।

कोलम्बिया सरकारले पहिरो प्रभावितको सहयोगका लागि एक करोड ३९ लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ । (एजेन्सी)