
सागर महर्जन (इमेज)
काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली अक्सर हास्यरसले भरिपूर्ण हुने गर्दछ । तर, कहिले–काँही त्यही प्रवृत्तिको उल्टो असर पनि हुने गर्दछ ।
अहिले त्यस्तै भएको छ, प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको सन्दर्भमा व्यक्त गरेका उपदेशहरु ।
बिहीबार राष्ट्रियसभामा बोल्नेक्रममा प्रधानमन्त्री ओलीले ‘कोरोनाभाइरसको संक्रमण रुघा–खोकीजस्तै भएको र बेसार–पानी खाने, हाच्छियुँ गरेर उडाउने’ भनेपछि त्यसको सर्वत्र चर्चा र आलोचना भएको छ ।
बेसारको प्रयोग नेपालीहरुका लागि नयाँ कुरा होइन । हाम्रा पुर्खाहरुले यसको औषधीय महत्व बुझेर नै दैनिक यसको प्रयोगलाई प्रोत्साहित गरेका होलान् !
खानमा मात्रै नभइ घाउ–खटिरामा पनि बेसार लगाउने प्रचलन पुरानै हो । आधुनिक मेडिकल विज्ञानले पनि बेसारमा ‘एन्टी बायोटिक’ तत्वदेखि अनेक औषधीय गुण रहेको पुष्टि गरिसकेको छ ।
तर, हाल विश्वमा महामारीको रुप लिएको कोरोनाभाइरस नियन्त्रणमा यसको उपयोगकोबारेमा भने अध्ययन भएको छैन ।
तर, प्रधानमन्त्री ओलीले सदनबाटै बेसार–पानी खाने र हाच्छियुँ गरेर कोरोना भगाउने भनेपछि प्रधानमन्त्रीको उपदेशको आलोचना भएको छ भने सर्वसाधारणमा अन्योलसमेत बढाएको छ ।
प्रधानमन्त्रीको भनाइको सामाजिक सञ्जालमा ‘ट्रोल’ बनेको छ भने बेसार–पानी र हाच्छियुँका थुप्रै ‘मिम’ बनेका छन् ।
प्रधानमन्त्रीले सदनबाटै प्रवाह गरेको सन्देशको सर्वसाधारणमा कस्तो प्रभाव पर्ला ? अथवा प्रधानमन्त्रीले बोलेका अप्रमाणित विषयहरुलाई मूलधारका मिडियालेसमेत प्रचार गर्नु कति उपयुक्त हो त ?
देश नै कोरोनाभाइरसले त्रसित भएको अहिलेको अवस्थामा देशलाई महामारीबाट बचाउन ठोस योजना तथा योजना कार्यान्वयनको आवश्यकता पर्दछ ।
यस्तो परिस्थितिमा देशको कार्यकारी प्रमुखबाट अप्रमाणित कुरालाई बारम्बार जोड दिँदा त्यसबाट जनस्वास्थ्यप्रति खेलवाड त हुँदैन ? भन्नेतर्फ पनि सजग हुनुपर्ने हो कि ?
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्