
सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले जनाएअनुसार सिरियाली सरकार वा रुसीयुद्धक विमानले गरेको आक्रमणमा अरु केही घाइते भएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण छन् ।
स्थानीय विपक्षी अभियानकर्ताहरुले आक्रमणपछि मानिसहरु निसास्सिएर मरेको जनाएका छन् ।
सिरियाली सरकारले भने रासायनिक आक्रमण नगरेको जिकिर गर्दै आएको छ ।
तर, केही समयअघि संयुक्त राष्ट्रसंघले गरेको एक अनुसन्धानबाट सिरियाली सरकारले हतियारकारुपमा ‘क्लोरिन’ प्रयोग गरेको पुष्टि गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्