
मुस्ताङ, जेठ २९ । स्थानीय प्रशासनले मुस्ताङको थासाङ गाउँपालिकाका विभिन्न बजारको अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी(सहायक सिडिओ) रामसुन्दर शर्माको नेतृत्वमा गएको टोलीले बजार अनुगमन गरेको हो । जिल्लामा अखाद्य वस्तुको बिक्री वितरण बढेको जनगुनासो बढेपछि बजार अनुगम गरिएको हो ।
अनुगमन टोलीमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु कार्यालय, पत्रकार र सुरक्षाकर्मी सहभागी थिए ।
अनुगमनका क्रममा फेला परेका करिव १ लाख रुपैयाँ बराबरका अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
थासाङको लेतेमा १९ वटा होटल तथा किनारा पसल र घाँसामा १५ वटा होटल तथा किनारा पसल गरी ३४ वटा व्यवसायीको पसलमा अनुगमन गरिएको बताइएको छ
अनुमगन टोलीले व्यसायीलाई अनिवार्य आगन्तुुक पुस्तिक राख्न, व्यवसाय दर्ता गर्न र अखाद्य बस्तु बिक्री बितरण नगर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्