Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल, सचिवमा पौडेल


0
Shares

पोखरा, फागुन १२ । नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नवीन सिग्देल निर्वाचित भएका छन् ।

आइतबार पोखरामा सम्पन्न नवौं अधिवेशनबाट सचिवमा प्रदीप पौडेल निर्वाचित भएका छन् ।

अधिवेशनमा अध्यक्ष र सचिव पदमामात्र निर्वाचन भएको थियो । अरुमा सर्वसम्मत् चयन भएको थियो ।

अध्यक्षमा सिग्देलले ७७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी माधव रेग्मीले ६६ र यदुनाथ बन्जाराले १७ मत पाए ।

यसैगरी, सचिवमा प्रदीप पौडेल ८० मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी भूपाल गुरुङले ५९ र सन्दीप पौडेलले २० मत प्राप्त गरे ।

यस्तै, खुला उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्षमा रविना आले, कोषाध्यक्षमा विजय लम्साल र सहसचिवमा ज्योति हमाल सर्वसम्मत् भए ।

खुला सदस्यहरुमा कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा, सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ, मधु अधिकारी, सम्राट गुरुङ, सुवास पौडेल, अनिशा श्रेष्ठ, सुवास आचार्य, महेन्द्र ढुंगाना तथा महिला सदस्यमा सपना अधिकारी, भावना श्रेष्ठ र दलित सदस्यमा विजय नेपाली निर्विरोध निर्वाचित भए ।

प्रदेश पार्षदमा टंकराज अधिकारी, कमल पौडेल अथक, हिमनिधि लौडारी केदार धमला, यज्ञराज पौडेल, प्रल्हादचन्द्र घिमिरे, दामोदर आचार्य, रामजी जिसी, बोधराज रेग्मी, मनोहरि पौडेल, सुदर्शन रञ्जित, राजेन्द्र आचार्य, महेन्द्र ढुंगाना, सुवास आचार्य, अनन्त अधिकारी, नविन बराल, रमेश आचार्य, राजु ढकाल, पदम श्रेष्ठ, राममाया पौडेल, कमल बराल, धनबहादुर बस्नेत, मदन बस्नेत, मनोज गुरुङ, विजय अधिकारी, ललित गुरुङ, हरिप्रसाद भट्टराई, वेदनिधि तिमिल्सिना, शंकर तिवारी, उमेश पुन, निराजन अधिकारी, ओम लामा, सूर्यप्रसाद ढकाल अभियान कोइराला, विमल तिवारी तथा महिला पार्षदमा रविना आले, पारिजात खराल, अनिषा श्रेष्ठ, रिमा शाही, देविका तामाङ, रञ्जु आले, शोभा नेपाल, श्रद्धा सुवेदी, लक्ष्मी आले सिर्जना बराल र सम्पदा बास्तोला रहेका छन् ।

केन्द्रीय पार्षदमा शिरोमणि बराल, गंगाधर पराजुली, रविन्द्रनाथ बास्तोला, राजबहादुर गुरुङ, हेमराज बराल, प्रा. डा. बलराम उपाध्याय रेग्मी, वासुदेव मिश्र, तारानाथ गौतम, भरत कोइराला, वासुदेव पौडेल, वसन्तराज अधिकारी, ईश्वरप्रसाद भट्टराई, उत्तमप्रसाद पौडेल, हर्क आले, सुदीपराज ढुंगाना, परशुराम शर्मा, गणेश पहारी, रेमबहादुर विक, विष्णुप्रसाद खनाल, सोमनाथ बराल, भानु पराजुली, कविराज खनाल, कमल पराजुली, नगेनसिंह ठकुरी, रामप्रसाद भुर्तेल तथा महिला पार्षदमा विमला भण्डारी, सरस्वती गुरुङ, इन्दिरा गुरुङ, गीता विष्ट, सपना अधिकारी, भावना श्रेष्ठ र सीता रेग्मी रहेका छन् ।

नवौं अधिवेशनका केन्द्रीय प्रतिनिधि तथा नेपाल प्रेस युनियन सुदूरपश्चिमका संयोजक लाल ऐरी तथा निर्वाचन संयोजक विष्णुप्रसाद शर्मा, सदस्य कृष्णकुमारी गुरुङ र सदस्य टंकराज अधिकारीले निर्वाचन गराएका थिए ।

प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले संगठनलाई मजबुद् बनाउन यो कार्यसमिति तल्लीन भएर लाग्ने विश्वास व्यक्त गरे ।

निर्वाचित अध्यक्ष सिग्देलले प्रेस युनियनको उचाइ बढाउनमा आफू र आफ्नो समिति सधैं लागिपर्ने बताए ।