
उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरियाली रक्षा मन्त्रीका अनुसार मिसाइल ४० माइलको दूरीमा परीक्षण गरिएको हो । यो मध्यम दूरीसम्म मार हान्न सकने क्षमताको रहेको बताइएको छ ।
चीनका राष्ट्रपति सी जिङपिङ अमेरिका भ्रमणमा रहेकै बेला उत्तर कोरियाले विवादास्पद मिसाइल परीक्षण गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निमन्त्रणामा अमेरिका भ्रमणमा रहेका राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच उत्तर कोरियाको मिसाइल परीक्षणबारे छलफल गर्ने एजेन्डा तय हुँदा उत्तरले यो कदम चालेको हो ।
दुई नेताबीच उत्तर कोरियाको आणविक महत्वाकांक्षा र त्यसको प्रभावका बारेमा छलफल हुने बताइएको छ ।
राष्ट्रसंघले उत्तर कोरियालाई कुनैपनि खाले आणविक परक्षणका लागि प्रतिबन्ध लगाएपनि उसले अटेर गरिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्