
मंगलबार राति आइएस लडाकुहरु सैनिकको पोसाकमा आएर आक्रमण गरेको सुरक्षा अधिकारीले जनाएका छन् ।
उनीहरुले सुरक्षा चेकप्वाइन्ट र त्यससँगै रहेका आमनागरिकहरुको घरहरुमा अक्रमण गरेका हुन् ।
इराकको राजधानी बगदाददेखि १७० किलोमिटर उत्तरतर्फ पर्ने टिक्रिटको पश्चिमी भागमा उनीहरुले अन्धाधुन्द आक्रमण गरेको एकजना प्रहरी अधिकारीले बताएका छन् ।
भिडन्तमा परी मृत्यु भएकामध्ये कम्तीमा पाँचजना आइएस लडाकुहरु रहेका छन् । आक्रमणबाट पीडितमध्ये अधिकांश आमनागरिक र केही सुरक्षाकर्मी रहेका छन् । घाइतेहरु पनि अधिकांश आमनागरिक र सुरक्षाकर्मी नै रहेका छन् ।
सलाहुद्धिन प्रदेशका गभर्नरले भिडन्त भएको क्षेत्रमा बुधबार कर्फ्यु लगाइएको बताएका छन् ।
यसैबीच, इराककै उत्तरपूर्बी खोराजान रजाभी प्रदेशमा भूकम्प जाँदा कम्तीमा एकजनाको मृत्यु भएको छ भने अरु चारजना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बुधबार बिहान १०.३९ बजे ६ म्याग्निच्यूडको भूकम्प गएको इराकको अर्धसरकारी समाचार संस्था आइएसएनएले जनाएको छ । भूकम्पको कम्पन सेफिड साङमा बढी महसुस गरिएको थियो ।
घटनास्थलमा उद्धारकर्ताहरुको टोली परिचान भइरहेको सरकारी टेलिभिजन आइआरआइबी टीभीले जनाएको छ । भूकम्पपछि त्योभन्दा साना केही पराकम्पनहरु पनि आइरहेको जनाइएको छ ।
भूकम्पका कारण विद्युत् र सन्चार सेवा अवरुद्ध भएको छ भने आमनागरिकहरु घरबाहिर खुला ठाउँमा बसेका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्