
फिदिम, फागुन १२ । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ११ चम्पेटार सल्लेरीमा सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाई लक्षित गरी डिप बोरिङबाट पिउने पानी निकालिएको छ ।
सोही क्षेत्रअन्तर्गत फलाटे, चम्पेटार र धुसेनीका २ सय ५० घरधुरीलाई लक्षित गरी डिप बोरिङबाट पानी निकालिएको हो । प्रदेश १ सरकारले ३५ लाख रुपैयाँको लागतमा पाथिभरा सोलार एण्ड वाटर ट्रिटमेन्ट प्रा.लि.काठमाडौँलाई यसको जिम्मा दिएको थियो ।
पाइप लाइन, ट्ंयाकी र धारा निर्माण लगायतका काम भने जिल्ला खानेपानी डिभिजन कार्यालय पाँचथरले गर्ने भएको छ ।
यस्तै जिल्लाको सुख्खाग्रस्त क्षेत्र कुमायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकामा पनि डिप बोरिङबाट पिउने पानी निकालिएको छ ।
प्रतिक्रिया दिनुहोस्