
कावासोती, फागुन ११ । नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा शनिबार दिउँसो एक बालकको मृत्यु भएको छ ।
कावासोती–२, मालपोतचोकमा ना५ख ८०४३ नम्बरको जन्तीबसले ठक्कर दिँदा कावासोतीका चार वर्षीय बालक सिजन गोतामेको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका बालक गोतामेको उपचारकाक्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
बस पाल्पा, रामपुरबाट विवाह सकी कावासोती आउँदै गरेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्