७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


सुदुरपश्चिममा १८ जना संक्रमित थपिए


0
Shares

कैलाली, असार ५ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा १२ जना र राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टी भएको छ ।
योसंगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १८ जनाका कोरोना संक्रमण पुष्टी भएको हो ।
डडेलधुराको परशुराम नगरपालिकाका ५ जना र गन्यापधुरा गाउँपालिकाका १ जना रहेका छन् ।
सेती प्रादेशिकबाट थपिएकाहरुमा बडिकेदार डोटीका ४, पुनरर्वास नगरपालिका कञ्चनपुरका १, गोदावरी नगरपालिकाका ४, जानकी गाउँपालिकाका १ र बर्दगोरियाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।