Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


‘अमेरिकाले सिरियामा गरेको आक्रमणपछि आतंकवादीले उत्सव मनाए’


0
Shares

इरानको सरकारी टेलिभिजनमा बोल्दै रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिई अमेरिकाको नेतृत्व गर्ने व्यक्तिले आतंकवादसंग लड्ने दाबी गरेपनि सिरियामा आक्रमण गरेर उनीहरुलाई नै किन सहयोग गरेको भन्ने प्रश्न गरे ।

अमेरिकी पहिलो कदमबाटै आतंकवादीलाई समर्थन गरेको देखिएको ईरानी राष्ट्रपतिको जिकिर थियो ।

अमेरिका समर्थित सिरियाली विद्रोहीलाई इरानले आतंकवादी समुह मान्दै आएको छ । रुस र इरान सिरियाली राष्ट्रपति बशर अल असादको पक्षमा छन् ।

अमेरिकाले शुक्रवार गरेको मिसाइल आक्रमणका कारण पाच जनाको मृत्यु भएको थियो ।

सिरियामा विद्रोही नियन्त्रित खान शेखौन शहरमा सिरियाली सरकारी सेनाले संदिग्ध रासायनिक आक्रमण गरेको जवाफमा अमेरिकाले उसको हवाई अड्डा लक्षित गरि आक्रमण गरेको जनाएको छ ।

आक्रमणमा परि कम्तिमा ८९ जनाको मृत्यु भएको छ । तर सिरियाले भने रासायनिक आक्रमण गरेको अस्वीकार गर्दै आएको छ । –एजेन्सी

Skip This