२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


१७ बुँदे घोषणापत्र जारी गर्दै महासंघको केन्द्रीय साधारणसभा सम्पन्न


0
Shares

पोखरा, फागुन ११ । १७ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन सम्पन्न भएको छ । 

पोखरामा दुईदिनसम्म चलेको भेलाले महाधिवेशनमा महासंघका सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । जसअनुसार अब महासंघ केन्द्र, प्रदेश, जिल्ला र प्रतिष्ठानको कार्यसमितिको निर्वाचन एकै दिन हुनेछ ।

देशभरका १ हजार ४ सय पत्रकारको सहभागिता रहेको कार्यक्रममा महासंघको विधानको संशोधन र श्रमजीवी पत्रकारको हक अधिकारको विषयमा छलफल गरिएको थियो ।