
क्यालिफोर्नियाको सान बर्नाडिनोमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन जना मारिएको स्थानीय प्रहरीले जनाएको छ ।
आक्रमणकारीले कक्षा कोठामा अध्यापन गराइरहेकी शिक्षिका र बालबालिकालाई गोली हानेका हुन् ।
शिक्षिका गोली प्रहार गर्ने व्यक्तिको श्रीमती रहेको प्रहरीले जनाएको छ । गोली लागेर शिक्षिका र उनको पछाडी रहेका दुई बालबालिका गम्भीर घाइते भएकोमा ८ वर्षका बालकको मृत्यु भएको छ ।
अरुलाई गोली हानेपछि आक्रमणकारीले आफैलाई पनि गोली हानेका थिए । प्रहरीले घटनालाई हत्या र आत्महत्या रहेको बताएको छ ।
लस एन्जल्सबाट ९६ किलोमिटर पूर्वमा रहेको नर्थ पार्क एलिमेन्ट्री स्कुलमा घटना भएको हो । आक्रमणकारी हतियार लुकाएर भिजिटरका रुपमा विद्यालयमा प्रवेश गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्