Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


रुस र सिरियाको सम्बन्धबारे ठूला राष्ट्रका नेताहरुको यस्तो सल्लाह


0
Shares

सिरियाली शासक बशर अल असदले रासायनिक हतियार प्रयोग गरी आफ्नै देशका नागरिकको हत्या गरेको भन्ने विवाद बढेका बेला बसेको जी सेभेनमा आवद्ध राष्ट्रका नेताहरुले रुसलाई असदसँग नटाँसिन सल्लाह दिएका हुन् ।

गत हप्ता रासायनिक आक्रमणबाट आम सर्वसाधारण मारिएपछि सिरियाली युद्धबारे धारणा बनाउन इटलीमा जी सेभेन राष्ट्रका विदेश मन्त्रीहरुले छलफल गरेका हुन् ।

ब्रिटेनका विदेश मन्त्री बोरिस जोनसनका अनुसार रुसी सेनामाथि प्रतिबन्ध लगाउनेबारे पनि छलफल हुन सक्नेछ ।

रासायनिक आक्रमण प्रकरणपछि अमेरिकाले सिरियामाथि मिसाइल प्रहार गरेको थियो भने अमेरिकी आक्रमण पछि समर्थन र विरोधमा विश्व दुई ध्रुवमा बाँडिएको छ ।

यसै विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र ब्रिटेनकी प्रधानमन्त्री टेरीजा मे बीच पनि कुराकानी भएको छ ।

दुबै नेताले रुसलाई असदसँगको सम्बन्धमा पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

यसैबीच सिरिया संकटकै बारेमा छलफल गर्न जी सेभेनको वैठकपछि अमेरिकी विदेश मन्त्री रेक्स टिलरसन रुस जाँदै छन् ।

जी सेभेनमा अमेरिका, ब्रिटेन, क्यानडा, जापान, फ्रान्स, जर्मन र इटली संलग्न छन् । (एजेन्सी)

Skip This