
परिचयपत्र नभएका र मानव तस्करलाई दिने पैसासमेत नभएका आप्रवासीहरु दासका रुपमा बेचिंदै गरेको आइओएमले उल्लेख गरेको हो ।
मानव तस्करहरुले नगरको चोक, सवारी पार्किङस्थलमा समेत आप्रवासीलाई दासका रुपमा बेचेको बताइएको छ ।
लिबियामा आप्रवासीहरुको स्थिति अत्यन्त खराब रहेका बेला उनीहरु दासका रुपमा बेचिने प्रवृत्ति थप चिन्ताजनक भएको आइओएमको भनाई छ ।
विभिन्न कारणले दासको बजार भने दिनानुदिन फस्टाएको बताइन्छ । लडाकु समूहहरु र मानव तस्करले मानिस अपहरण गर्ने र उनीहरुसँग पैसा नभएमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको हो ।
बेचिएकामध्ये अधिकांश पुरुष छन् भने बेचिएका महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाइने गरेको आइओएमले जनाएको छ ।
भूमध्यसागर हुँदै युरोप जान चाहने आप्रवासीका लागि लिबिया महत्वपूर्णस्थल हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्