Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


छुरा देखाएर ट्याक्सी चालकलाई बलात्कार गरेको आरोपमा महिला गिरफ्तार


0
Shares

२३ वर्षीय ब्रिटनी कार्टरलाई प्रहरीले पीडितको उजुरीका आधारमा गिरफ्तार गरेको हो । एक पुरुष सहयोगीका साथ रहेकी उनले ट्याक्सी चालकलाई बलात्कार गर्नुका साथै लुटपाटसमेत गरेको बताइएको छ ।

प्रहरी अधिकारी रोबर्ट रिङ्गले भने, ‘उनले किन यस्तो गरिन् भन्ने हामीले थाहा पाउन सकेका छैनौं, लुटपाटका लागि चालकको ध्यान मोड्नका लागि बलात्कार गरेको हुन सक्छ ।’

प्रहरीका अनुसार कार्टरले ट्रिनिटी एक्सप्रेस क्याब सर्भिसबाट २८ जनवरी बिहान एउटा ट्याक्सी बोलाएकी थिइन् ।

ट्याक्सी चालकको भने परिचय खुलाइएको छैन । चालककै उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कार्टरमाथि यसअघि दुई पटक लागू औषध राखेको आरोप पनि लागिसकेको छ । उनका सहयोगी भने फरार छन् । लुटपाट र बलात्कारमा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले उनको खोजी गरिरहेको छ । (एजेन्सी)

Skip This