३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


यात्रुलाई घिसारेर विमानबाट निकालेको घटनामा सीईओले माफी मागे


0
Shares

उनले घटनालाई वास्तवमै भयानक भनेका छन् । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यसले कम्पनीको शेयरमा गिरावट आएको छ ।

यसअघि यूनाईटेडका सीईओले कर्मचारीको बचाव गरेका थिए । शिकागोबाट लुइविले जान लागेको विमानको क्षमताभन्दा धेरै टिकट बुक भएको फ्लाइटबाट डाक्टर डेभिड दाओ नाम गरेका यात्रुलाई जबरजस्ती विमानबाट उतारिएको थियो ।

दाओलाई उनी बसिरहेको सीटबाट घिसारेर बाहिर लगिएको थियो । उनको अनुहारमा रगत समेत बगेको थियो । शिकागो अस्पतालमा उनको उपचार भैरहेको छ ।

विमान कम्पनीले आफ्नो चार कर्मचारीको लागि ठाउँ चाहिएको भन्दै चार जना यात्रुलाई उतार्न चाहेको थियो ।

अमेरिकी अधिकारीहरुले भियतानामका दाओ केन्टुकीस्थित एलिजावेथ शहरमा बसोबास गर्दै आएको जनाएका छन् । (एजेन्सी)